global ime bank Long Banner Ad

गृहपृष्ठ नक्सा पास भएन भने अदालतमा पनि डोजर चल्छ : मेयर साह

नक्सा पास भएन भने अदालतमा पनि डोजर चल्छ : मेयर साह

नक्सा पास भएन भने अदालतमा पनि डोजर चल्छ : मेयर साह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रष्ट पारेका छन् ।

बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर साहले सबै अनधिकृत संरचना हटाउने बताएका हुन् ।

महानगरको कदमले साना व्यापारीहरू मारमा परेको भन्ने व्यापारीहरूको गुनासोको जबाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे । सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गर्दै उनले नक्सा पास नगरी बनाइएको पाइए काठमाडौँ जिल्ला अदालतको समेत त्यस्ता संरचना भत्काउने उनले बताए ।

उनले भने, ‘ठुलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ । हामीले जिल्ला अदालतलाई समय दिएका छौँ । जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यहीँ हुन्छ (डोजर चल्छ) ।’

डोजर चलेका संरचना अवैध रूपमा बनाइएको भन्दै मेयर साहले त्यसवापत क्षतिपूर्ति नदिइनेसमेत प्रष्ट परेका छन् ।

अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो ।

यो पनि हेर्नुस्

महानगरले काठमाडौं मलको संरचनामा चलायो डोजर

अन्डरग्राउन्ड पार्किङ दुरूपयोग रोक्दै महानगर

 

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु