गृहपृष्ठ नेप्सेमा सामान्य अंकको वृद्धि, डेढ अर्बको कारोबार
नेप्सेमा सामान्य अंकको वृद्धि, डेढ अर्बको कारोबार
साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । मंगलबार १.८५ अंकले बढेको नेप्से आज २.८६ अंकले बढेर कारोबार बन्द भएको छ ।
आज ०.१४ प्रतिशतले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ । आज २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ । कारोबार अवधिभर आज एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेन्सेटिभ परिसूचक पनि ०.१५ प्रतिशतले बढेर ३९८.२९ को बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगत सूचक बढेको छ । यस्तै, ६ वटा उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित समय : १६:०० बजे



















