global ime bank Long Banner Ad

गृहपृष्ठ ट्राफिक प्रहरीद्वारा २० वर्ष पुरानो माइक्रो बसलाई कारवाही

ट्राफिक प्रहरीद्वारा २० वर्ष पुरानो माइक्रो बसलाई कारवाही

ट्राफिक प्रहरीद्वारा २० वर्ष पुरानो माइक्रो बसलाई कारवाही

 

काठमाडौंको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारवाहीको लागी यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ ।

२०७९ भदौ ६ गते सोमवार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रो बसलाई आवश्यक कारवाहीका लागि ललितपुर स्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी साधन उत्पादन भएको बर्ष र शुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन बर्षले २० बर्ष, उत्पादन बर्ष नखुलेको तर शुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा शुरु दर्ता मितिले २० बर्ष पुगे नपुगेको गणना हुन्छ ।

यस्तै, शुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन बर्षले डिसेम्बर महिनाको आधारमा २० बर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाईने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्राबधान रहेको छ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु