गृहपृष्ठ डीजी पे र नाइस टेलिभिजनबीच विज्ञापनसम्बन्धी सम्झौता
डीजी पे र नाइस टेलिभिजनबीच विज्ञापनसम्बन्धी सम्झौता
मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र नाइस टेलिभिजनबीच सहकार्यको लागि ऐतिहासिक सम्झौता भएको छ । टेलिभिजनमार्फत् व्यवसायीक प्रवर्द्धनका लागि नेपालमै नौलो खालको सम्झौता भएको हो ।
सम्झौताअनुसार डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप कम्पनीसँग आवद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख पचास हजार मूल्य बराबरको विज्ञापन तीनमहिनासम्म निशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नाइस टेलिभिजन एच डीका अध्यक्ष आसिर्बाद पुन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।
नेपालकै दोस्रो एच डी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुशी लागेको डिजी पेका अध्यक्ष पाण्डेले बताए । ‘टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिदै अब ठूला साना सबै फर्म तथा पसलले एचडी टेलभिजनमा आफ्नो उत्पादन वा ब्राण्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं’, पाण्डेले भने, ‘डिजी पेमा आवद्ध हुँदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं।’
नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । नाइस टेलिभिजन एच डीको सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट विज्ञापनमार्फत जनमानसमा पुर्याएर लाभ लिन सक्ने बताए ।
प्रकाशित समय : १५:५८ बजे



















