काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अवैध सामान बरामद गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार, ३ राउण्ड हवाइ फायर

11.53K
shares

सप्तरीको बलान विहुल गाउँपालिका-४, बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैध रुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।

तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । सो झडपमा परेर प्रहरी र केही स्थानीयवासी घाइते भएको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेकाे थियाे । स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा तीन प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।