काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इरानको रिभोलुस्नरी गार्ड्सका वरिष्ठ अधिकृत सिरियामा मारिए

9.28K
shares

सिरियामा इरानको इस्लामिक रिभोलुस्नरी गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टीभीले मंगलबार जनाएको छ ।

युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ । अलिजानीको शव केही दिनमा इरानमा पुर्‍याइने छ । घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ ।