गृहपृष्ठ एभरेष्ट बैंक र मोको डिजिटल वालेटबीच भुक्तानीसम्बन्धी सम्झौता
एभरेष्ट बैंक र मोको डिजिटल वालेटबीच भुक्तानीसम्बन्धी सम्झौता
एभरेष्ट बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भीसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।
एभरेष्ट बैंकका ग्राहकहरुलाई आफ्नो भीसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरुबाट मोबाइल टपअप, इन्टरनेट, विधुत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
यसैगरी बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे माध्यमबाट १ हजार ५ सयभन्दा बढी मर्चेन्टकोमा भुक्तानीसमेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
एभरेष्ट बैंकले देशभरका आफ्नो ११८ शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
प्रकाशित समय : १३:५२ बजे




















