global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पुरानो घरमा ‘एन इन्स्पेक्टर कल्स’ नाटक मञ्चन हुँदै

पुरानो घरमा ‘एन इन्स्पेक्टर कल्स’ नाटक मञ्चन हुँदै

पुरानो घरमा ‘एन इन्स्पेक्टर कल्स’ नाटक मञ्चन हुँदै

सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ मञ्चन हुने भएको छ । आगामी भदौ १७ गतेदेखि साे नाटक मञ्चन हुन लागेको हो ।

डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो । सन् १९१२ को ब्रिटिश समुदायको सेटिङ बनाएर लेखिएको यो नाटकलाई नेपालीमा अनुवाद गरिएको हो ।

नाटकलाई राजकमल फकिरले अनुवाद र निर्देशन गरेका छन् । यस नाटकमा आभास अधिकारी, विजय ताम्रकार, शारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल र शिशिर सिवाकोटी, मोनिका थापा लगायतले अभिनय गरेका छन् ।

भदौ १७ गतेदेखि असोज ९ गतेसम्म मंगलबारबाहेक हरेक दिन साँझ ५:३० बजे नाटक मञ्चन हुनेछ । शनिबार अतिरिक्त शो १:३० मा हुने थिएटरले जनाएकाे छ ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु