गृहपृष्ठ सम्भावित आक्रमणको त्रासले युक्रेनमा स्वतन्त्रता दिवस मनाउन ‘प्रतिबन्ध’

सम्भावित आक्रमणको त्रासले युक्रेनमा स्वतन्त्रता दिवस मनाउन ‘प्रतिबन्ध’

सम्भावित आक्रमणको त्रासले युक्रेनमा स्वतन्त्रता दिवस मनाउन ‘प्रतिबन्ध’

यसै साता तय भएको स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन युक्रेनको राजधानी किभले ‘प्रतिबन्ध’ लगाएको छ । रुसी फौजबाट हुनसक्ने सम्भावित आक्रमणको कारण तत्कालीन सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा कार्यक्रम नमनाउन आग्रह गरिएको छ ।

सोमबार संयुक्त राष्ट्र संघले रुसी आक्रमणमा ५ हजार ५ सय जनाभन्दा बढी युक्रेनीको ज्यान गइसकेको तथ्यांक सार्वजनिक गरेको थियो । युक्रेनले मुलुकको दक्षिण भागमा रहेको युद्ध अग्रमोर्चा नजिकबाट रुसी फौजले थुप्रै दक्षिणी सहरहरूमा रकेट प्रहार गरेको जनाएको छ ।

गत सप्ताहान्त युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबारको युक्रेनको ३१औँ स्वतन्त्रता दिवसको सम्मुख रुसबाट अझै शक्तिशाली आक्रमण हुनसक्ने खतरा रहेको चेतावनी दिएका थिए ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु