गृहपृष्ठ छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
डीएसपी जोशीका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नम्बरको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित समय : १०:४२ बजे



















