गृहपृष्ठ इस्टर्न हाइड्रोपावरद्वारा आइपीओ बिक्री खुला
इस्टर्न हाइड्रोपावरद्वारा आइपीओ बिक्री खुला
इस्टर्न हाइड्रोपावरले आज (मंगलबार) देखि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । यस्तै, कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा भदौ २१ गतेसम्म र ढीलोमा असोज ५ गतेसम्म आइपीओ खुला रहने कमपनीले जनाएको छ । त्यसैगरी, आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रकाशित समय : १०:४१ बजे




















