global ime bank Long Banner Ad

गृहपृष्ठ ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताएका छन् ।

प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उनले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘सूचना प्रविधिको वर्तमान युगमा यसको प्रयोगले दैनिकी धेरै सहज हुँदै गएको छ । त्यसैले प्रविधिका नकारात्मक पक्षलाई नियन्त्रण र सकारात्मक पक्षलाई बढावा दिँदै अगाडि बढ्नुपर्छ । विशेष गरी युवालाई यसका नकारात्मक पक्षका बारेमा सचेत गराउँदै सम्भावना पहिल्याउन सहजीकरण गर्नु जरुरी छ’, मुख्यमन्त्री शाहले भने ।

उनले सूचना प्रविधिको विकास, बदलिँदो समयको माग तथा आवश्यकता अनुसार युवा शक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको उनले उल्लेख गरे ।

‘प्रदेश सरकारले समयको मागअनुसार युवा वैज्ञानिकको क्षमता विकासका लागि प्रोत्साहनका विभिन्न कार्यक्रम गरिरहेको छ । यसलाई अझ प्रभावकारी बनाउन सरकार, युवा परिषद् र सरोकारवाला विकास साझेदारबीच सहकार्य आवश्यक छ’, मुख्यमन्त्री शाहले भने ।

प्रदेशका सामाजिक विकास राज्यमन्त्री मधु भारतीले पछिल्लो समय विभिन्न कारणले युवा कुलतमा फसिरहेका भन्दै उनीहरूलाई रचनात्मक काममा लाग्न प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले सूचना प्रविधिको सही प्रयोग गर्न सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता सृजनशील गतिविधिमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए०का डा राजकुमार ढुङ्गानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विज्ञान, नवप्रवर्तनका क्षेत्रमा योगदान पुर्‍याएका युवा अरुण लुहार(टीकापुर), ईन्द्रबहादुर ओझा (धनगढी), प्रकाशबहादुर साउद (बाजुरा) र विन्दु पन्त ९गोदावरी०लाई सम्मान गरिएको थियो । रासस

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु