गृहपृष्ठ हिमालयन बैंकले ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र निष्कासन गर्ने
हिमालयन बैंकले ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र निष्कासन गर्ने

हिमालयन बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १५ गतेबाट २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषले कुल ५० हजार इकाई पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने कमपनीले जनाएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । उक्त ऋणपत्रमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रकाशित समय : १०:५५ बजे