global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एटीएम मेसिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एकजना पक्राउ

एटीएम मेसिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एकजना पक्राउ

एटीएम मेसिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एकजना पक्राउ

पोखरा महानगरपालिका–३० अर्घौँ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङ छन् । उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका– २७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटीएम मेसिन फोरेर शुक्रबार बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको ग१०प २९६३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।

उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित समय : १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु