गृहपृष्ठ सानेपामा गिरिप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरू)
सानेपामा गिरिप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरू)
दिवंगत कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काले पार्टीको झण्डा र पुष्प अर्पण गरेका छन् । उनको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
गिरिप्रति श्रद्धाञ्जली अर्पण र्गनका लागि मन्त्रीहरू, विभिन्न दलका नेताहरू कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि राप्रपा नेता पशुपतिशमशेर जबरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, एमाले नेता प्रदीप ज्ञवाली तथा सुवास नेम्बाङ सानेपा पुगेका हुन् । यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटा, नेसपाका नेता बाबुराम भट्टराई र हिसिला यमी तथा माओवादी केन्द्रका वर्षमान पुन र ओनसरी घर्तीले पनि सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली अर्पण गरे । कांग्रेससहित अरू दलका नेताहरू सानेपा पुग्ने क्रम जारी छ ।
गिरिको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी छ । सिरहाको लहान नगरपालिका-१४, बस्तीपुरमा २००४ सालमा जन्मिएका नेता गिरिको उपचारको क्रममा शनिबार बेलुकी ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।













(तस्बिरहरू: रासस)
प्रकाशित समय : १४:१२ बजे



















