global ime bank Long Banner Ad

गृहपृष्ठ धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ ।

उक्त आइपीओमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो ।

यस्तै, बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार मंगलबार बाँडफाँट गर्ने तयारी गरिएको हो । यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने क्यापिटलले जनाएको छ । जसमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु