गृहपृष्ठ भारतका विभिन्न राज्यमा बाढीपहिरोमा परी ३१ जनाको मृत्यु
भारतका विभिन्न राज्यमा बाढीपहिरोमा परी ३१ जनाको मृत्यु
भारतको विभिन्न राज्यमा भारी वर्षाका कारण आएको पहिरो तथा बाढीमा परी दर्जनाैंकाे मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हिमाचल प्रदेश, झारखण्ड, ओडिशा तथा उत्तराखण्ड लगायतका राज्यमा बाढीपहिरोमा परेर ३१ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा हिमाचल प्रदेशमा मात्रै एकै परिवारका ८ सदस्यसहित २२ जनाको मृत्यु भएको छ । उत्तराखण्डमा लगातारको भारी वर्षाका कारण आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता रहेका छन् ।
यसका साथै, कयौँ गाउँबाट हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उत्तराखण्डमा नदीहरुमा पानीको बहावले खतराको संकेत पार गरेको छ भने केही पुलसमेत बगाएको छ । झारखण्डमा शनिबार बिहान माटोको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । ओडिशामा भारी वर्षाका कारण बाढी आउँदा ५ सय गाउँका करिब ४ लाख मानिस प्रभावित भएका छन् ।
प्रकाशित समय : १२:३६ बजे



















