global ime bank Long Banner Ad

गृहपृष्ठ दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् । सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलंका टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आएका उनले सो कुरा बताएका हुन् ।

मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएको क्षेत्रलाई सरकारले संकटग्रत क्षेत्र घोषणा गरेर स्थानीयवासीको समस्या समाधानका लागि योजना बनाउन लागिपरेको बताए । सप्तकोसी नदीबाट बर्षेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अब दीर्घकालीन रुपमा समाधान गर्न सरकारले योजना बनाएर अघि बढ्ने उनले जानकारी दिए ।

बर्षेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै कटानसमेत गर्ने गरेको र त्यसबाट सयौँको संख्यामा स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालीन रुपमा योजना बनाएर समाधन गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरे ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु