global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गरेका छन् ।

बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गरेका जानकारी दिए ।

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु