गृहपृष्ठ पिपुल्स पावरको आइपीओ भर्ने आइतबार अन्तिम दिन
पिपुल्स पावरको आइपीओ भर्ने आइतबार अन्तिम दिन
पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ३१ गतेबाट कुल २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
प्रकाशित समय : १२:०९ बजे



















