global ime bank Long Banner Ad

गृहपृष्ठ यी हुन् अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने खेलाडी

यी हुन् अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने खेलाडी

यी हुन् अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने खेलाडी

सन् १९७१ मा पहिलो पटक अष्ट्रेलिया र इंग्ल्यान्डबीच देशको एकदिवसीय क्रिकेट प्रतियोगिताको सुरू भएको थियो । सुरुवाती दिनमा एकदिवसीय खेल ६० ओभरको हुने गर्दथ्यो । पछि त्यसलाई परिमार्जन गर्दै ५० ओभरमा छोट्याइयो । अहिलेसम्म २८ वटा देशले चार हजार ४५० सयभन्दा बढी एकदिवसीय खेल खेलेका छन् ।

एकदिवसीय क्रिकेटमा धेरै खेलाडीले भिन्नभिन्ने विद्यामा रेकर्डहरू राखेका छन् आज हामीले दोहोरो शतक प्रहार गर्ने खेलाडीका विषयमा चर्चा गर्ने छौँ । पुरुष क्रिकेटभन्दा अघि महिला क्रिकेटमा यसअघि नै दोहोरो शतक प्रहार भइसकेको थियो । सन् १९९७ मा अष्ट्रेलियाका बेलिण्डा क्लार्कले पहिलो पटक दोहोरो शतक प्रहार गरेकी थिइन् ।

पुरुष अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको करिब ३९ वर्षपछि पहिलो पटक सचिन तेन्दुल्करले दोहोरो शतक बनाए । पछिल्लो समयसम्म एकदिवसीय मान्यता प्राप्त देशका खेलाडीले नाै पटक मात्र अन्तर्राष्ट्रिय दोहोरो शतक बनाउने उपलब्धि हासिल गरेका छन् ।

जसमध्ये पाँच पटक भारतीय खेलाडीले मात्र दोहोरो शतक बनाएका छन् । पाकिस्तान, वेष्ट इन्डिज र न्युजिल्यान्डका एक–एक जना खेलाडीले उक्त कीर्तिमान बनाएका छन् । कतिपय अवस्थामा टोलीका सबै खेलाडीले ब्याटिङ गर्दासमेत दुई सय रनको आंकडा छुन सकिरहेको हुँदैन ।

दोहोरो शतक बनाउने खेलाडी

१. सचिन तेन्दुल्कर (भारत)– २००*

भारतीय खेलाडी सचिन रमेश तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक प्रहार गर्ने खेलाडीको रूपमा कीर्तिमान राखे । सचिनको नाममा सबैभन्दा धेरै एकदिवसीय रन, सय शतक, एकदिवसीय खेलमा धेरै शतक जस्ता धेरै कीर्तिमानहरू रहेका छन् ।

ग्वालियरस्थित क्याप्टेन रुप सिंह स्टेडियमा भएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ४०१ रन बनाएको थियो ।

अन्तिम ओभरमा सचिन १९९ रनको स्थितिमा रहेको अवस्था थियो । स्ट्राइकमा महेन्द्रसिंह धोनी थिए । धोनीले पहिलो बलमा छक्का तथा दोस्रो बलमा एक रन लिँदै सचिनलाई स्ट्राइक दिएका थिए । सचिनले चार्ल लेन्गेभल्डको बलमा एक रन लिँदै दोहोरो शतक पूरा गरे । उक्त खेलमा भारत १५३ रनले विजयी भएको थियो ।

२. विरेन्द्र सहवाग (भारत)–२१९

सचिन तेन्दुल्करले दोहोरो शतक प्रहार गरेको करिब एक वर्षपछि उनका ओपनिङ जोडी विरेन्द्र सहवागले एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गरेका थिए ।

१४९ बल खेलेका सहवागले ७ छक्का र २५ चौंकाको सहयोगमा २१९ रन बनाएका थिए । नियमित कप्तान महेन्द्रसिंह धोनीको अनुपस्थितिमा कप्तानको भूमिकासमेत निर्वाह गरेका सहवाग एकदिवसीय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गर्ने कप्तान समेत बने ।

सो खेलमा भारत १५३ रनले विजयी बन्दा अर्को संयोगसमेत बन्यो । सचिन र सहवागले दोहोरो शतक प्रहार गर्दा विपक्षी टोली समान १५३ रनले पराजित भएको थियो ।

३. रोहित शर्मा (भारत) –२६४, २०९, २०८*

भारतीय ओपनर रोहित शर्मा एकमात्र खेलाडी हुन् । जसले एकदिवसीय क्रिकेटमा दुई वा सोभन्दा बढी दोहोरो शतक प्रहार गरेका छन् । उनले एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक बनाएका छन् ।

सन् २०१३ मा भारतीय ओपनर रोहित शर्माले पहिलो पटक एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै दोहोरो शतक बनाउने तेस्रो भारतीय खेलाडी बनेका थिए । उनले अष्ट्रेलियाविरुद्ध एकदिवसीय सिरिजको ७औँ खेलमा २०९ बनाउँदै कीर्तिमान बनाएका थिए । यस्तै, सन् २०१४ र २०१७ मा श्रीलंकाविरुद्ध २६४ र २०८ रन बनाएका थिए ।

४. क्रिस गेल (वेष्ट इन्डिज)–२१५

वेष्ट इण्डिजका क्रिस गेल (युनिभर्स बोस) एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो भारतीय उपमहाद्वीप बाहिरका खेलाडी बने । उनले २१५ रन बनाएका थिए । उनले अष्ट्रेलियामा भएको विश्वकप अन्तर्गत समूह ‘बी’मा रहेको जिम्बाब्वेविरुद्ध उक्त रेकर्ड बनाएका हुन् ।

१४७ बलको सामना गरेका गेलले १६ छक्का र १०चौकाको मद्धतमा २१५ रन बनाएका थिए । उक्त खेलमा डर्क वर्थ लुइसका आधारमा वेष्ट इन्डिज ७३ रनले विजयी भएको थियो । गेल विश्वकपमा दोहोरो शतक बनाउने पहिलो खेलाडीसमेत बने ।

५. मार्टिन गुप्टिल (न्युजिल्यान्ड)–२३७*

न्युजिन्यान्डका मार्टिन गुप्टिल विश्वकपमा दोहोरो शतक बनाउने दोस्रो खेलाडी बने । उनले २०१५ विश्वकपको क्वाटरफाइनल खेलमा वेष्ट इण्डिजविरुद्ध २ सय ३७ रनको पारी खेले ।

टस जितेर पहिले व्याटिङ रोजेको न्युजिल्यान्डले ३ सय ९३ रन बनाएको थियो । १६३ बलमा ११ छक्का र २४ चौकाको सहयोगमा २३७ रन बनाएको थियो ।

६. फखर जमान (पाकिस्तान)–२१०*

पाकिस्तानका २९ वर्षीय प्रारम्भिक ब्याटर फखर जमान एकदिवसीय क्रिकेटमा पछिल्लो समयमा दोहोरो शतक प्रहार गर्ने खेलाडी बनेका हुन् ।

कुइन्स स्पोर्ट्स क्लब बुलवायोमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो विकेटका लागि इमाम उल हकसँग ३ सय ४ रनको साझेदारी गर्दै पारीलाई अगाडि बढाएका फखर जमानले २१० रनमा नटआउट रहे ।

जमानले १४८ मा पाँच छक्का र २४ चौकाको मद्धतमा दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तान उक्त खेलमा २ सय ४४ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

७. अमेलिया केर (न्युजिल्यान्ड) २३२*

न्युजिल्यान्डकी ओपनर अमेलिया केरले आयरल्यान्डविरुद्ध सन् २०१८ मा दोहोरो शतक प्रहार गरेकी छन् । १४५ बल खेलेकी केरले २ छक्का र ३१ चौकाको मद्धतमा २३२ रन बनाएकी थिइन् । उक्त खेलमा न्युजिल्यान्ड ३०५ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

अहिलेसम्म बनेका ९ वटै दोहोरो शतक पहिलो पारीमा बनेका हुन् ।

* नटआउट

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु