गृहपृष्ठ पुटिनका ‘विश्वासपात्र’ अलेक्जेन्डरकी छोरीको हत्या
पुटिनका ‘विश्वासपात्र’ अलेक्जेन्डरकी छोरीको हत्या
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘दिमाग’को परिचय पाएका अलेक्जेन्डर दुगिनकी छोरीको हत्या भएको छ ।
राजधानी मस्कोनजिक अलेक्जेन्डरकी छोरी दार्या दुगिनको हत्या भएको हो । दार्या दुगिन रुसकी चर्चित पत्रकार तथा कमेन्टेटर थिइन् । उनले युक्रेनमाथिको रुसी आक्रमणको समर्थन गर्दै आएकी थिइन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अफिसबाट घर जाँदै गर्दा शनिबार साँझ दार्याको कारमा विस्फोट भएको हो । कतिपयले यो आक्रमण अलेक्जेन्डरलाई लक्षित गरिएको हुन सक्ने आशंका गरेका छन् ।
अलेक्जेन्डर रसियाका धुरन्धर राष्ट्रवादी मानिन्छन् । हाल युक्रेनमाथि भइरहेको रुसी आक्रमणको ‘मास्टरमाइन्ड’ पनि अलेक्जेन्डर नै भएको कतिपयको भनाइ छ । रुसी सञ्चारमाध्यमहरुका अनुसार अलेक्जेन्डरकी छोरी तथा पत्रकार दार्याको शनिबार साँझ हत्या भएको हो ।
एउटै अफिसबाट सँगै निस्किएका अलेक्जेन्डर र दार्या बाबु-छोरी एउटै कारमा घर जाने तयारीमा भए पनि अलेक्जेन्डर अन्तिम समयमा अर्को कारमा चढेका थिए ।
प्रकाशित समय : १३:१४ बजे



















