गृहपृष्ठ औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छ : स्वास्थ्य राज्यमन्त्री केसी
औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छ : स्वास्थ्य राज्यमन्त्री केसी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाइ मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले गुणस्तरिय औषधि उपभोक्तासम्म पुर्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् ।
राज्यमन्त्री केसीले भने, ‘औषधि भन्ने वित्तिकै जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल हुनुपर्छ । अहिलेपनि औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन् । यसलाई हल गर्नुपर्ने देखिन्छ ।’ उनले भने, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्छ । उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाइ अक्षुण्ण राख्नु पर्छ । ’
यस्तै, औषधि थोक व्यवसायी संघका अध्यक्ष शीबराज बास्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा विकृती बढेको बताए । उनले भने, औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ । औषधि व्यवस्था विभाग भने निरीह बन्यो । ’
यसैबिच महाधिवेशनबाट नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिबराज बास्कोटा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा श्रीराम पराजुली, माधब अधिकारी, महासचिबमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष विनोदप्रसाद ढकाललगायत रहेका छन् ।
प्रकाशित समय : १०:२९ बजे


















