nmb bank

गृहपृष्ठ नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

मन्त्री रेग्मीले पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गर्दै उक्त कार्यक्रममा उनले संघबाट प्रकाशित वार्षिक स्मारिका सहचरीको विमोचनसमेत गरिन् । उक्त अवसरमा मन्त्री रेग्मीले संघलाई निरन्तररूपमा सहकार्य गरी विभिन्न समाजसेवामूलक कार्यमा उल्लेखनीय सहयोग पुर्याउनेलाई सम्मानसमेत गरेकी थिइन् ।

यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपालका अध्यक्ष पाण्डव हमाल र सहअध्यक्ष सुवास न्यौपाने, चितवन मेडिकल कलेज भरतपुर चितवनका सिइओ प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्स भरतपुरका डा. सुदिप राज केसी, एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाडौं नेशनल कलेज र वेदाज कलेजका संचालक विष्णुहरी पाण्डे तथा लर्ड बुद्ध एकेडेमी फाउन्डेसनका संचालक पंकज जलानलाई प्रशंसापत्र प्रदान गरिन् ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु