गृहपृष्ठ ‘प्रहरी कर्मचारीबीच सौहार्द्र र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिबद्ध’
‘प्रहरी कर्मचारीबीच सौहार्द्र र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिबद्ध’
नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित भिडियो कन्फ्रेन्समार्फत् पूर्वप्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीबीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द्र र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिबद्ध रहेको बताएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारी तथा अग्रज प्रहरीले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय संगठनको विकास र श्रीबृद्धिमा खर्चिएर पुर्याएकाे योगदानको उच्च सम्मान गर्दै उनीहरूप्रति संगठन सदैब अनुग्रहित रहेको बताए । प्रहरीको संस्थागत विकास एव सेवा प्रवाहमा पूर्वप्रहरी कर्मचारीबाट सल्लाह, सुझाव एवं रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास उनले व्यक्त गरे । साथै उनले पूर्वप्रहरी कर्मचारी तथा वहालवाला प्रहरी कर्मचारीको आत्मसम्मान, सन्ततिको शिक्षा र स्वास्थ्य क्षेत्र लगायतका कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको चर्चा गरे ।
पूर्वप्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका कार्यवाहक अध्यक्ष पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रूप सागर मोक्तान र नेपाल पूर्वप्रहरी कर्मचारी परिषद्का अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित समय : ११:०८ बजे



















