गृहपृष्ठ कांग्रेस नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि

कांग्रेस नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि

कांग्रेस नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्रांगणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।

७५ वर्षीय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु