गृहपृष्ठ गिरिको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

गिरिको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

गिरिको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।

उनले आज ट्वीट गर्दै लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।’

उनले शनिबारमात्रै गिरिलाई मेडिसिटी अस्पताल नै पुगेर भेट गरेकी थिइन् ।

क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु