काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मोगादिसुको एक होटलमा आतंकवादी आक्रमण, १० जनाकाे मृत्यु

6.54K
shares

साेमालियाकाे राजधानी माेगादिसुस्थित हयात होटलमा आतंकवादी समूह अल-शबाबले गरेको आक्रमणमा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् ।

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । हतियार बोकेका अल-शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो ।

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल-शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

होटलको स्वागत कक्षबाहिर भुइँमा आफूले धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन् । आक्रमणमा मारिएकाहरूको परिचय पनि खुलाइएको छैन ।