काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मेडिसिटी अस्पताल पुगेर प्रचण्डले लिए कांग्रेस नेता गिरीकाे स्वास्थ्य अवस्थाबारे जानकारी

6.77K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएका छन् । आज बिहान गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका थिए ।

सो क्रममा प्रचण्डले बौद्धिक राजनीतिज्ञ गिरीको स्वास्थस्थितिको जानकारी लिनुको साथै उनको स्वास्थलाभको कामना पनि गरेका थिए । क्यान्सर पीडित गिरीको स्वास्थ्य अवस्था अहिले स्थिर छ ।

गिरीको स्वास्थ्य नाजुक बनेपछि कांग्रेस नेता कार्यकर्ताहरूले उनको स्वास्थ्य लाभको कामना  गरिरहेका छन् । नेताहरू अस्पताल पुगेर उनको स्वास्थ्यबारे जानकारी लिइरहेका छन् ।