नेपाली कांग्रेसको १५औँ महाधिवेश :उपसभापति र महामन्त्री पदको १२२९ मत गन्दा कसले कति मतपाए
वि.सं.२०८३ असोज २५ आइतवार ०७:२४
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ । आइतबार बिहान ६:२३ बजेसम्म १ हजार २२९ मतपत्र गणना हुँदा ५ मत बदर भएका छन् भने १ हजार २२४ मत सदर भएका छन् । तीनवटा बुथको मतगणना जारी छ ।
जसअनुसार उपसभापतिको खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा डा. चन्द्रकान्त भण्डारीले ६४३ मत प्राप्त गरेका छन् । यसैगरी ई. मधु आचार्यले ३६२ मत पाएका छन् ।
यस्तै गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा.डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन् ।
समावेशी एक पदमा बिनोदकुमार चौधरीले ३५७ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ३००, फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रंजीत कर्णले १०० मत प्राप्त गरेका छन् ।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि प्रदीप पौडेलले ७२३ मतसहित अग्रता लिएका छन् । यसैगरी अमरसिंह पुन मगरले पनि ४५५ मत पाएका अग्रता बनाएका छन् ।
उदयशमशेर राणाले ४१२, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।
महामन्त्रीको महिलातर्फ एक पदमा डा. डिला संग्रौला (पन्त) ले ५३६ मतसहित अग्रता लिएकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ५१३ र रीता खनालले १४७ मत प्राप्त गरेकी छन् ।
























