काबुलको बम विस्फोटमा २० जनाको मृत्यु
वि.सं.२०७९ भदौ ३ शुक्रवार ०९:०२
shares

अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बम विस्फोट हुँदा प्रमुख धर्मगुरुसहित कम्तीमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ४० जना घाइते छन् ।
एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा धर्मगुरु मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिएका हुन् । घाइते हुनेमा कैयौं बालबालिका छन् ।
तालिबानले सत्ता कब्जा गरेको एक वर्षपछि धार्मिकस्थलमा भएको आक्रमणको जिम्मेवारी भने हालसम्म कसैले लिएको छैन ।
























