global ime bank Long Banner Ad

गृहपृष्ठ होटल ‘एलिस द अन्डर इन’ सञ्चालनमा आउँदै

होटल ‘एलिस द अन्डर इन’ सञ्चालनमा आउँदै

होटल ‘एलिस द अन्डर इन’ सञ्चालनमा आउँदै

होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ नेपालको लगानीमा निर्माणकार्य भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटल एलिस ख्यातिप्राप्त धार्मिकस्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेजसहितको सेवा प्रदान गर्ने जनाएको छ । मानसरोवर जाने तिर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मिक पर्यटन प्रवर्द्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।

होटल पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु