global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता : के-के छन् सुविधा ?

सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता : के-के छन् सुविधा ?

सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता : के-के छन् सुविधा ?

सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख रूपैयाँसम्मको औषधि उपचार बिमा सहितको साे खाता ल्याएको हो ।

साे खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाख रूपैयाँको दुर्घटना बिमा, ३ लाख रूपैयाँको ६ घातक रोगहरुको बिमा, २५ हजार रूपैयाँको आवधिक जीवन बिमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण प्याकेजजस्ता थप सुविधाको व्यवस्था गरेको छ ।

यसबाट ग्राहकहरुलाई औषधि उपचार खर्च गरी बिमाबापत शाेधभर्ना लिनु पर्ने झन्झटबाट छुटकारा मिल्ने भएको छ । सानिमाका ग्राहकले आफ्नो बिमा पोलिसी नम्बर उपलब्ध गराएर औषधि उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुने बैंकले जनाएकाे छ ।

यसका साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा नि:शुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, नि:शुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, नि:शुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा आदिमा विशेष छुट प्रदान गरेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु