global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेशले पाँच वर्षमा बनायो ४८ वटा कानुन

कर्णाली प्रदेशले पाँच वर्षमा बनायो ४८ वटा कानुन

कर्णाली प्रदेशले पाँच वर्षमा बनायो ४८ वटा कानुन

कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् ।

त्यसैगरी, आठ विधेयकहरू विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरूवातमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ । सुरूका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको हो ।

सत्ता फेरबदलको खेलमा केन्द्रित हुँदा गत वर्ष संसद्‌मा एउटा पनि विधेयक पारित हुन सकेन । सत्ता प्रतिपक्षको बेमेलका कारण संसद् अवरोध हुँदा कतिपय अवस्थामा अत्यावश्यक कानुन निर्माणको साटो सरकारले अध्यादेशको सहारासमेत लिएको थियो ।

प्रदेशसभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्ने तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने हो । प्रदेशसभाको हालसम्मका कामलाई हेर्दा उत्साहपूर्ण नै रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए । उनले कर्णालीको प्रदेशसभामा केही समय अलमलको स्थिति देखिएपनि कामहरू निरन्तर अगाडि बढेको औँल्याए ।

प्रदेशसभाले अन्य प्रदेशको तुलनामा केही राम्रा अभ्यासको सुरूवातसमेत गरेको सभामुख शाहीले बताए ।

‘प्रदेशसभाले खुला संसद्को अवधारणा ल्यायो । जसअनुसार हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि पनि संसद् खुल्ला गरिन्छ,’ उनले भने, ‘सर्वसाधारण नागरिक पनि संसद्‌मा भएका गतिविधिका विषयमा जानकार हुने अवसर पाएका छन् ।’

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु