global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरिया वितरण केन्द्रले गर्‍यो ३० करोड विद्युत महसुल संकलन

पोखरिया वितरण केन्द्रले गर्‍यो ३० करोड विद्युत महसुल संकलन

पोखरिया वितरण केन्द्रले गर्‍यो ३० करोड विद्युत महसुल संकलन

नेपाल विद्युत प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड १६ लाख विद्युत महसुल संकलन गरेको छ ।

गत आर्थिक वर्षमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युतकाे महसुल संकलन गरेको केन्द्रले जनाएको छ ।

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका-५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको संख्या ३८ हजार रहेको छ ।

केद्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत चुहावट भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत चुहावट गरेका थिए । उनीहरुबाट ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा विद्युत चुहावट ३.९५ प्रतिशतले कमी आएको छ ।

नौ सय ४७ सेवाग्राहीको नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट तीन करोड चार लाख ९७ हजार असुल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको संख्या ४४७ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा पोखरिया विद्युत प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा ३७ लाख ५० हजार खर्च गरेको छ ।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु