गृहपृष्ठ २७.४९ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको खुद नाफा
२७.४९ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको खुद नाफा
राष्ट्रिय बिमा संस्थानको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २७.४९ प्रतिशतले बढेको छ । संस्थानले आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले ५ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, संस्थानको असार मसान्तसम्ममा खुद बिमा शुल्क आम्दानी पनि १०.६९ प्रतिशतले बढेर ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थानले ७ करोड ५८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
तयसैगरी, संस्थानले यो त्रैमाससम्म ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित समय : १३:५० बजे