global ime bank Long Banner Ad

गृहपृष्ठ अधिकांश स्थानमा वर्षाको सम्भावना

अधिकांश स्थानमा वर्षाको सम्भावना

अधिकांश स्थानमा वर्षाको सम्भावना

देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले (सोमबार बिहान ६ बजे) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु