global ime bank Long Banner Ad

गृहपृष्ठ चेल्सी र टोटेनहमबीच रोमान्चक बराबरी

चेल्सी र टोटेनहमबीच रोमान्चक बराबरी

चेल्सी र टोटेनहमबीच रोमान्चक बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो ।

चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक/एक गोल गरे । टोटेनहमका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक/एक गोल गरे । रोमान्चक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो ।

खेलको १९औं मिनेटमा कुलीबालीले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६८औं मिनेटमा होजवर्गले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७७औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-२ को बराबरी ल्याउदै टोलीलाई हारबाट जोगाए । खेल सकिएपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाए । हात मिलाउने क्रममा झगडा गरेपछि थोमस टुचेल र एन्टोनियो कोन्टेले रातो कार्ड पाएका हुन् ।

यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ । चेल्सी लिगको सातौं स्थानमा रहेको छ । टोटेनहम ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु