गृहपृष्ठ विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीव भट्टराई

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीव भट्टराई

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीव भट्टराई

विवेकशील साझा पार्टीले अन्तरिम कार्यसमिति गठन गरेको छ । अन्तरिम कार्यसमितिको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् ।

संयोजकको जिम्मेवारी सञ्जीव भट्टराईले पाएका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई जिम्मेवारी तोकेको विवेकशील साझाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यो समिति मंसिर ४ गते हुने निर्वाचनमा दल दर्ता प्रयोजनका लागि गठन भएको हो । विवेकशील साझाले औपचारिक रूपमा पार्टीको अध्यक्षसहित पदाधिकारीहरू भने विशेष भेला वा महाधिवेशनबाट नै चयन गर्ने तयारी गरेको छ ।

आजको बैठकले रविन्द्र मिश्रले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु