गृहपृष्ठ धौलागिरि लघुवित्तको आइपीओमा साढे ६५ गुणा बढी आवेदन
धौलागिरि लघुवित्तको आइपीओमा साढे ६५ गुणा बढी आवेदन
धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आइपीओ)मा मागभन्दा साढे ६५ गुणा बढी कित्ताका लागि आवेदन परेको छ ।
सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)का अनुसार आवेदन दिन अन्तिम दिन आज साँझ ५ बजेसम्म मागभन्दा ६५.६२ गुणा बढी कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । तर, आवेदन दिने अन्तिम दिनसम्म दुई करोड १७ लाख २१ हजार ५७० कित्ता आइपीओका लागि आवेदन परेको सीडीएससीले जानकारी दिएको छ ।
उक्त आइपीओ खरिदका लागि १९ लाख ५२ हजार ४६० जना आवेदकबाट आवेदन परेको छ । कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता आइपीओ मात्र सर्वसाधारणमा बाँडफाँट हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
प्रकाशित समय : २०:१३ बजे


















