गृहपृष्ठ राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन् । विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएएको छ ।
‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभाले साउन १५ गते संसद्ले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।
राष्ट्रपति कार्यालयकाे विज्ञप्ति :

प्रकाशित समय : २०:०७ बजे



















