गृहपृष्ठ परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा उनिहरुबीच भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत छलफल भएको जानकारी दिइएको छ ।

उनिहरुबीच नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई आगामी दिनमा थप गतिशील बनाउँदै पारस्परिक हितका आधारमा सहकार्य अघि बढाउने विषयमा कुराकानी गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु