गृहपृष्ठ रिडी हाइड्रोपावरको एकीकृत कारोबार सुरू
रिडी हाइड्रोपावरको एकीकृत कारोबार सुरू
रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौंमा आइतबार एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबार कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतकाे क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पुर्याउने बताए । उनले जलविद्युतकाे विकास गरी उचाइमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताए ।
अध्यक्ष सिंहले देशमा भएको जलविद्युतकाे स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि हुने बताए । उनले विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीलाई कर छुट दिने अधिकार नभएको बताए । अध्यक्ष सिंहले विद्युत नियमन आयोगले विद्युत निर्माणमा सहुलियत प्रदान गर्नेमा सहयोग गर्न सक्ने बताए ।
अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागी काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताए । उनले दुई वटा विद्युत कम्पनी मिलेर ठूलो आयोजना बनाउन सक्ने बताए ।
प्रकाशित समय : १९:२० बजे



















