nmb bank

गृहपृष्ठ अल्मुताइरीले हटाएका खेलाडीको राष्ट्रिय टोलीमा पुनरागमन

अल्मुताइरीले हटाएका खेलाडीको राष्ट्रिय टोलीमा पुनरागमन

अल्मुताइरीले हटाएका खेलाडीको राष्ट्रिय टोलीमा पुनरागमन

खेलाडीहरू हाेस्टल कि हाेटलमा बस्नेसम्बन्धी विवाद हुँदा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि उनीहरूले पुनरागमन गरेका छन् ।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा अटाएका छैनन् । खेलका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले काठमाडौंमा हुने खेलका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

बिहीबार बसेको कार्यकारी समितिको बैठकले मैत्रीपूर्ण खेलका लागि हुमागाईले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

खेलाडीहरू :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर : संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जीउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अनशन श्रेष्ठ

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु