global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायत पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी

बेलायत पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी

बेलायत पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी

बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ईलामकाे ईलाम नगरपालिका-१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रतिव्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि ‘प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु, मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ’ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए । उनीहरूबाट प्रतिव्यक्ति ३ लाख गरी जम्मा १५ लाख रुपैयाँ लिई ठगी गरी सम्पर्क बिहिन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको छ प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु