global ime bank Long Banner Ad

गृहपृष्ठ ‘उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा रहँदैन’

‘उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा रहँदैन’

‘उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा रहँदैन’

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा नराखिने भएको छ । अब जो उमेदवार बन्छ, उसैको मात्र चिह्न मतपत्रमा राखिने भएकाे हाे ।

गत स्थानीय चुनावमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न पनि मतपत्रमा राखिएको थियो । त्यसो गर्दा उम्मेदवार नभएको चिह्नमा मत पर्न गई बदर मतको संख्या बढेको थियो । आगामी चुनावमा निर्वाचन आयोगले यसलाई सच्याउन लागेकाे हाे ।

आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्ताे त्रुटिलाई सच्याउने तयारी भइरहेकाे जानकारी दिए । उनले भने, ‘जो मान्छे उम्मेदवार हुन्छ, मतपत्रमा उसकै चिह्न राख्ने अन्तर्राष्ट्रिय मान्यता नै हो । स्थानीय चुनावमा यी कुराहरु आयोगले पालना गर्न नसकेकै हो ।’

उम्मेदवार नै नभएको चुनाव चिह्न मतपत्रमा राख्ने प्रचलन नेपालको इतिहासमै नभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । ‘नेपालको अहिलेसम्मको कुनै पनि निर्वाचनमा उम्मेदवार नभएका मान्छेको चिह्न छैन,’ उनले भने ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु