global ime bank Long Banner Ad

गृहपृष्ठ रूसको पहिलो त्रैमासिकमा पुँजी बहिर्गमन १८.८ प्रतिशत, व्यापार वचत ४१.७ प्रतिशत

रूसको पहिलो त्रैमासिकमा पुँजी बहिर्गमन १८.८ प्रतिशत, व्यापार वचत ४१.७ प्रतिशत

रूसको पहिलो त्रैमासिकमा पुँजी बहिर्गमन १८.८ प्रतिशत, व्यापार वचत ४१.७ प्रतिशत

सन् २०२० को जनवरी–मे महिनामा रूसको पूँजी बहिर्गमन १८.८ प्रतिशतले बढेर ३३.५ अर्ब अमेरिकी डलर पुगेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै रूसी केन्द्रीय बैंकले बिहीबार जानकारी गराइएको छ ।

रूसको निजी क्षेत्रले सन् २०२० को पहिलो पाँच महिनामा विश्वका अन्य मुलुकमा गरेको लगानी बढेको र यसका कारण बैंकहरूको बाह्य दायित्वहरूको कारोबार रकममा तुलनात्मक रूपमा उल्लेखनीय कटौति भएको बैंकले जनाएको छ ।

पहिलो त्रैमासिकमा रूसको व्यापार वचत ४१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो वचत ४३ अर्ब २० करोड अमेरिकी डलर रहेको थियो । व्यापार बचतमा कमी आउनुलाई प्रतिकुल अन्तर्राष्ट्रिय अवस्था जिम्मेवार भएको बैंकले जनाएको छ ।

मुख्यतया देशको बाह्य कर्जा सञ्चालनसम्बन्धी खर्चका कारण यो समयमा रूसको अन्तर्राष्ट्रिय बचतमा दुई अर्ब ५० करोड अमेरिकी डलरको कमी आएको छ । (एजेन्सी)

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु