गृहपृष्ठ ‘प्रेम गीत-३’को हिन्दी र नेपाली भाषाको टिजर सार्वजनिक
‘प्रेम गीत-३’को हिन्दी र नेपाली भाषाको टिजर सार्वजनिक
नेपाली कथानक चलचित्र ‘प्रेम गीत-३’को टिजर सार्वजनिक भएको छ । हिन्दी र नेपाली दुवै भर्सनको टिजर आज एकसाथ रिलिज गरिएको हो ।
चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सार्वजनिक ट्रेलरमा माया, प्रेम र एक्सन समेटिएको छ । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त निर्देशन गरेको चलचित्र असोज ७ गते रिलिज हुँदैछ ।
चलचित्र ‘प्रेम गीत-३’ले नेपाली चलत्रिका लागि मुम्बईको ढोका खोलेकाले यसलाई सम्पूर्ण नेपालीको साथ र सहयोग आवश्यक रहेको र यसको प्रतिफल समग्र नेपाली चलचित्र उद्योगले नै लिने अपेक्षा गरिएकाे छ । हिन्दी भाषामा पनि डब गरिएको यो चलचित्र भारतमा पनि रिलिज हुँदै छ । हिन्दी भाषामा डब भएर भारतमा ठूलो स्केलमा थिएटरमा लाग्न लागेको यो नै पहिलो नेपाली चलचित्र हो ।
प्रकाशित समय : १८:५५ बजे




















