global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रभु बैंकका १ हजार कर्मचारीको बढुवा

प्रभु बैंकका १ हजार कर्मचारीको बढुवा

प्रभु बैंकका १ हजार कर्मचारीको बढुवा

प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ । हाल बैंकमा कार्यरत ३ हजार बढी कर्मचारीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको हाे ।

बैंकको मानव संशाधन विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड बैठकले गरेको हो । बढुवामा परेका कर्मचारीहरु उच्च व्यवस्थापन र कार्यकारी तहका छन् । करिब एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।

प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ । मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो ।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु