global ime bank Long Banner Ad

गृहपृष्ठ यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

यु-१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् । बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्येबाट १५ खेलाडी बाहिरिएका हुन् ।

अब प्रशिक्षणमा टप ३० खेलाडी छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ । यससँगै अब यु-१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र छन् । श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’मा छ । नेपाल रहेको समूहमा भारत र भुटान छन् भने समूह ‘ए’मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स छ ।

यस्तै, यु-१७ को अर्को प्रतियोगिता एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।

छनोट भएका खेलाडी:

मुकेश घर्ती, रुविन बोगटी, कृशल मोक्तान, सिमन्ता थापा, युनिश मगर, सुवास मगर, युनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लक्षु थापा, प्रशान्त लक्सम, निरोज कार्की, समिर तामाङ, धन सिंह विक, दीपक थापा मगर, मानदेव पोखरेल, कुशल देउवा, मिराक लिङदेन, प्रितम कार्की, विनोद केसी, धिरज विके, सोहन स्याङतान, निराजन धामी, सरोज दलार्मी र समिर चन्द ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु